शनिबार, साउन २३, २०८३

‘सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले उक्त आरोप लगाएका हुन्।

‘कम्युनिस्ट सरकार तानासाही बन्दै गएको छ। सरकारले प्रेसलाई नियन्त्रणमा राख्न खोज्नु, केन्द्रले प्रदेशलाई काम, स्रोत र अधिकारविहीन बनाउनु तानासाही प्रवृतिको जल्दोबल्दो उदाहरण हो’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संघीयता चलाउन सकिरहेको छैन। त्यैसेले निकै आत्तिएको छ।’ उनले जनतालाई ठुला–ठुला सपना बाडेको सरकारले भनेअनुसार काम गर्न नसकेकाले आत्तिएको आरोप लगाए।

संसद् पनि प्रधानमन्त्रीले नै चलाउन खोजे जस्तो देखिएको बताउँदै नेता महरले प्रधानमन्त्रीमा म मात्रै देशमा काम लाग्ने व्यक्ति हुँ भन्ने अहम् पलाएकाले देशमा समस्या पर्ने गरेको टिप्पणी गरे। 

लोकतान्त्रीक देशमा जनताको आवाज कुन्ठित पार्न खोजिएको भन्दै उनले वर्तमान सरकारले लोकतन्त्रनै खतरामा पार्न खोजेको आरोप लगाए। बेलैमा नसच्चिए सरकारविरुद्ध कडा कदम चाल्न आफूहरु पछि नपर्नेसमेत उनको चेतावनी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।