शनिबार, साउन २३, २०८३

सीके असन्तुष्ट पक्ष र मोर्चाबीच एकता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सीके राउतसँग असन्तुष्ट पक्ष र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ। स्वतन्त्र मधेश गठबन्धनका नेतृत्व गरिरहेका राउत मूलधारको राजनीतिमा आएको केही दिन नबित्दै असन्तुष्ट पक्षले डा.मानोज मुक्तिको नेतृत्वमा रहेको जनतान्त्रिक मुक्ति मोर्चासँग एकीकरण गरेको हो।

एकीकरणको सम्झौतापत्रमा मोर्चाको तर्फबाट मुक्ति र गठबन्धनको असन्तुष्ट पक्षबाट जासर यादवले हस्ताक्षर गरेका छन्। एकीकरणपश्चात जारी गरिएको संयुक्त विज्ञप्तिमा मधेशलाई सबैले धोका दिएको भन्दै मधेश मुक्तिका लागि अघि बढ्ने जनाइएको छ। साथै २० जेठमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी रहेको उनीहरुले जनाएका छन्।

केही वर्षअघि भूमिगत गतिविधि गर्दै आइरहेको मोर्चा नेपाल सरकारसँग सम्झौता गरेर मूलधारमा आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।