काठमाडौं– आज सोमबार भाद्र कृष्ण प्रतिपदा अर्थात् गाईजात्रा पर्व। विशेष गरी नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्छन्।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ।
कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुरसहित नेवार समुदायको बाहुल्य रहेका देशभरका विभिन्न स्थानमा मास्क लगाएर भए पनि स्थानीयले गाईजात्रा पर्व मनाइरहेका छन्।
हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले खिचेका तस्बिर