शनिबार, साउन २३, २०८३

सजिलो छैन विदेशमा काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - तपाईं हामी धेरैलाई लाग्छ, विदेश गएपछि रुखबाट पात टिपेजसरी पैसा कमाउन पाइन्छ। विदेशमा त सुख भइहाल्छ। तर भनेजस्तो कहाँ हुन्छ ? आफ्नो घरपरिवार छाडेर पराया मुलुकमा गएर पैसा कमाउन त्यति सजिलो छैन। 

पोल्यान्डमा काम गर्ने समीर शाह भन्छन्, ‘नेपालमा काम गरेको पैसाले खानलाउन पनि पुग्दैन। झन् हामीजस्ता धेरै लेखपढ गर्न नजानेकालाई त केही काम नै छैन।’ उनी विगत आठ वर्षदेखि पोल्यान्डमा कार्यरत छन्। विदेशमा काम गर्न निकै कठिन रहेको अनुभव उनको छ। उनी भन्छन्, ‘परिवार छाडेर विदेश जान कहाँ मन छ र? रोजगारी नपाएपछि बाध्यताले विदेश जानै पर्दो रहेछ।’

साउदीमा विगत २ वर्षदेखि काम गर्दै आएका विक्रम ठाकुरीको अवस्था पनि त्यस्तै हो। उनी रहरले नभएर बाध्यताले विदेश गएको बताउँछन्। उनले भने, ‘म रहरले विदेश आएको होइन। घरको अवस्था कमजोर छ। तर अहिलेसम्म केही गर्न सकेको छैन।’ असाध्यै गर्मीमा  किचेनको काम गर्दा निकै गाह्रो हुने उनी बताउँछन्। उनी भन्छन्, ‘विदेशमा काम गर्दा निकै कठिन हुन्छ। हेरचाह गर्ने कोही हुँदैन। बिरामी भएर बस्यो भने आफ्नै पैसा काटिदिन्छन्।’ देशमा रोजगारीको अवसर नपाउँदा बिदेसिन बाध्य हुनुपरेको उनको भनाइ छ। उनले भने, ‘ हाम्रो देशमा रोजगारीको अवसर छैन। अरूको देशमा पसिना बगाउन मन छैन।’ नेपालमा केही अवसर नभएपछि अन्य उपाय केही नभएको उनको भनाइ छ। 

नेपाल एसोसिएसन अफ फरेन इम्प्लोइमेन्ट २०१५ को तथ्यांकअनुसार ३८ प्रतिशत युवा विदेशमा काम गर्न र पढ्न गएका छन्।  छिमेकी भारतमा ५० हजार युवाले काम गरिरहेका छन्। यो त औपचारिक तथ्यांक मात्र हो। यसबाहेक धेरै युवा भारतीय श्रम बजारमा पसिना चुहाइरहेका छन्।

आफ्नो देशमा राम्रो काम नपाएपछि परिवारका लागि उनीहरु स्वदेश छोडेर विदेशमा काम गर्न जान बाध्य हुन्छ। 

फोटोग्राफर उमेश कार्की भन्छन्, ‘देशमा आफूले चाहेको रोजगारी भए कसैलाई पनि स्वर्गजस्तो देश छोडेर जान मन लाग्दैनथ्यो। सबै नेपालीलाई देशको माया लाग्छ। सबै जना यहीं बसेर केही गर्न चाहन्छन् तर यहाँ धनीका लागि मात्र सबै थोक छ। गरिबलाई कसैले गरी खान दिँदैनन्। जतिनै पढेलेखेको भए पनि गरिब छ भने उसले कतै राम्रो काम पाउँदैन।’ 

विक्रमका अनुसार नेपालमा जतिसुकै विकास भए तापनि फाइदा नेताहरुलाई मात्र हुन्छ। उनले भने, ‘हामी गरिब जनताले त सानो हुन्जेल अनेक दुःख गरेर हुकर्ने अनि ठूलो भएपछि विदेशमा गएर आफ्नो हाड घोटी परिवारलाई पाल्ने।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।