शनिबार, साउन २३, २०८३

कञ्चनजंघा आरोहणमा गएका २ भारतीयको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ताप्लेजुङ - कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ भने चिलीका एक नागरिक बेपत्ता भएका छन्। यस वर्षको आरोहण सुरु भएसँगै गएका उनीहरुको मृत्यु भएको हो। पर्यटन विभागले उनीहरुको बुधबार राति मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा कुन्टल र बिप्लव बैध रहेका छन्। कुन्टलको चुचुरो नजिक पुग्दै गर्दा ८ हजारमाथि 'हाई अल्टिच्युट' का कारण मृत्यु भएको र अर्का नागरिक बिप्लवको आरोहण गरेर फर्कने क्रममा अचेतभई मृत्यु भएको हो।  

पिक प्रोमोसन नामक ट्रेकिङ एजेन्सीमार्फत आरोहणमा गएका उनीहरुको शव ल्याउने प्रयास भइरहेको छ।

यस्तै आरोहणबाटै फर्कने क्रममा चिलीका आरोही रोडर गुईच सम्पर्क बिहिन भएका छन्। उनको खोजी कार्य चलिरहेको छ।

यता ताप्लेजुङ सिडिओ अनुज भन्डारीले कञ्चनजंघामा दुई आरोहीको मृत्यु भएको जानकारी मिडियाबाटै थाहा भएको बताए। आधार सिविरबाट २ दिनको पैदलमा पुग्ने घुन्सामा मात्रै सुरक्षा पोस्ट भएको भन्दै सिडिओले आधार सिविरमा कुनै सुरक्षा पोस्ट नहुँदा तत्काल जानकारी नहुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।