शनिबार, साउन २३, २०८३

जनतालाई नजिस्काउन ओलीलाई गगनको चेतावनी  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जाजरकोट-  नेपाली काँग्रेसका नेता गगन थापाले सरकार निरकुंश बन्दै गएको आरोप लगाएका छन् ।

 काँग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा  आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले सरकार तानाशाही बनेको आरोप लगाएका हुन् ।
 
संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयकले सरकारको चरित्र उदाङ्ग भएको उनले बताए ।  प्रेसलाई निचोर्न खोजेर सरकारले नागरिकका अधिकारहरु खोस्ने रणनीतिमा लागेको उनको दाबी थियो ।

प्रेसको स्वतन्त्रता विना लोकतन्त्र र गणतन्त्रको रक्षा असम्भव भएको भन्दै उनले सरकारका क्रियाकलापविरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने बेला आएको नेता थापाको भनाइ थियो ।
 
प्रधानमन्त्री ओलीले दुनियालाई जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले  उनको  गलत कामको विरोधमा  लेख्न र बोल्न नपाउने भन्दै उनले आक्रोश व्यक्त गरे । पत्रकार र जनतालाई नजिस्काउन समेत उनले चेतावनी दिए । सरकारका यी हर्कतको भण्डाफोर गर्नु पर्ने र नागरिक एकजुट हुनु पर्नेमा उनले जोड दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।