शनिबार, साउन २३, २०८३

काठमाडौंमा श्रीमतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमडौं- काठमाडौंको कालोपुलमा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्कालाई बुधबार राति एसिड प्रहार गरेका हुन् ।
 
घरायसी विवादपछि भुजेलले श्रीमतिमाथि एसिड हानेको खुलेको छ । भुजेललाई महानरीय प्रहरी परीसरको टोलीले पेप्सीकोलाबाट बुधबार राति नै पक्राउ गरेको छ ।

उनीमाथि कमलपोखरीवृतले अनुसन्धान गरिराखेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । 

पारिवारिक कलहकै कारण घटना भएको पुष्टि गर्दै उनले नेपाल समयसँग भने, 'सामाजिक विकृतिका कारणले सृजित अपराधको नमुना हो यो । यस्ता घटनाका दोषीमाथि गहिरो अनुसन्धान र कडा कारबाही हुन्छ ।'

एसिड प्रहारबाट घाइते भएकी जेनी खड्काको किर्तिपुरमा उपचार भइराखेको छ । अवस्था गम्भिर रहेको र छाातिमा बढि असर देखिएको अस्पतालले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।