शनिबार, साउन २३, २०८३

अखबार : १३ खर्बको बजेटमा विकास खर्च १ खर्बमात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

आजको नयाँ पत्रिकाले समृद्धिको नारा घन्काइराखेको सरकारले बजेटसमेत खर्च गर्न नसकेको विषयलाई मुख्य समाचार बनाएको छ । अझै विकास तर्फ सरकारले गरेको खर्चको स्थिती अत्यन्त दयनीय रहेको समाचारमा उल्लेख छ । अघिल्लो वर्षजति पनि खर्च नसकेको सरकारले १३ खर्बको बजेटमा विकास तर्फ जम्मा १ खर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।
 
आर्थिक वर्षको १० महिनामा सरकारले बजेटको आधा रकम अर्थात ५० प्रतिशत मात्रै खर्च गरेको छ । १३ खर्ब १५ अर्ब १६ करोडको बजेटमध्ये  वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड खर्च भएको छ । बजेट अनुसार काम गर्न अब बाँकी ६३ दिनमा दैनिक करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नु पर्ने देखिएको समाचारमा जनाइएको छ ।
 
यस्तै नयाँ पत्रिकाले प्रधानमन्त्री केपीशर्मा ओली कम्बोडियाबाट स्वदेश फर्किदा पनि आकाश ठप्प बनाइएको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको समाचारमा उल्लेख छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने सहकारीहरुको ठगी धन्दालाई मुख्य समाचार बनाएको छ । 'स्वाहाकारी !' शीर्षकमा खबर लेखेको उसले विभिन्न समयमा विभिन्न सहकारीले गरेको ठगीको उदाहरण दिदै बचतकर्ताहरुको विल्लिबाठ भएको विषय उठान गरेको छ ।
 
सहकारीहरुविरुद्ध अहिलेसम्म १२ हजार ९ सय ६२ वटा उजुरी परेका छन् भने १५५ वटालाई समस्याग्रस्त घोषणा गरिएको छ । अहिलेसम्मा सहकारी ठगी गरेको रकम भने १२ अर्ब रहेको छ । सरकारले सहकारीलाई बेलगाम छाडी दिएकै कारण सहकारीमा समस्या बढ्दै गएको समाचारमा जनाइएको छ ।
 
अन्नपूर्णले युवासंघको स्थापना दिवसमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता इश्वर पोखरेलबीच भएको घोचपेचलाई पनि पहिलो पृष्ठमा छापेको छ । दुई नेताबीच वैचारिक कार्यदिशमा जुहारी चलेको हो ।
 
यसै विषयलाई आजको कान्तिपुर दैनिकले घोचपेचमै उत्रिए दाहाल र पोखरेल शीर्षकमा मुख्य समाचार छापेको छ । उसले नेकपाभित्रको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको उल्लेख गर्दै नेकपा भित्र विवाद बढ्दै गएको जनाएको छ ।
 
बुधबार भएको युवासंघको कार्यक्रममा उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले वैचारिक रुपमा स्पष्ट भइएन भने न हाँस न कुखुराको चाल हुन्छ भन्दै चेतावनी दिएका थिए । प्रचण्डले त्यसको जवाफमा विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकतै नहुने बताएका थिए ।
 
यस्तै कान्तिपुरले त्रिवि सेवा आयोगले सञ्चालन गरेको खुला परिक्षामा अनियमितता भएको निष्कर्ष अख्तियारले निकालेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । भेटिएका केहि तथ्यांकले गम्भीर अनियमितताको संकेत गर्ने अख्तियार स्रोतको दाबी छ ।
 
आजको नागरिक दैनिकले भने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मानवशास्त्र केन्द्रीय विभागका अधिकारीहरुले युएसएआइडीबाट प्राप्त रकम दुरुपयोग गरेको खुलासा गरेको छ । विभागका नाममा आएको १४ करोड रुपैयाँका दुई फरक फरक परियोजनाको रकम दुरुपयोग भएको समाचारमा उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।