शनिबार, साउन २३, २०८३

ट्रकले किचेर सहचालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - अछाममा ट्रकमा च्यापिएर सहचालकको ज्यान गएको छ। बुधबार बेलुका ४ बजेतिर पहञ्चदेवल नगरपालिका-४ बेल्खेतमा रहेको चेक पोष्टमा प्रवेशका लागि दर्ता गराउन ओर्लिने क्रममा टायरमा फसेपछि सहचालकको ज्यान गएको बताइएको छ।

विनायकबाट दैलेखतर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्वरको ट्रकले किचेर गम्भीर घाइते भएका कपिलवस्तु घर भएका करिब १८ वर्षीय बिष्णु नाम गरेका सहचालकलाई उपचारका लागि दैलेखको राकम पुर्‍याउनेबित्तिकै मृत्यु भएको अस्थाइ प्रहरी पोष्ट बेल्खेतका प्रहरी हवल्दार रमेश नाथले जानकारी दिए।

ट्रक र चालक रामनाथ थारुलाई अस्थाइ प्रहरी पोष्ट बेल्खेतले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए। मृतकको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।