शनिबार, साउन २३, २०८३

स्मार्ट कार्डबाटै 'सेनेटरी प्याड'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - डडेल्धुराको भागेश्वर गाँउपालिकाले स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। यो जिल्लामै पहिलो पटक सुरु भएको हो।

गाउँपालिकाको बगरकोटमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाकी अध्यक्ष कौशीला भट्टले जानकारी दिइन्। छात्राहरुलाई चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सकिने छ। विद्यालयमा अहिले १ सय १० वटा स्मार्टकार्ड वितरण गरिएको भट्टले जानकारी दिइन्। सेनेटरी प्याड मेसिन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन्। 'अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं’ उनले भनिन्।

मेसिन राखेपछि महिनावारीका कारण छात्राहरु दुई/तीन दिनसम्म विद्यालय नआउने आइहाले पनि कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने शिक्षिका भुवनेश्वरी शाहीले बताइन्।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।