ललितपुर - आठ दिनसम्म चल्ने लुभु जात्रा बुधबार सम्पन्न भएको छ। रातो मच्छिन्द्रनाथ र महालक्ष्मी महाभैरवको जात्रा सधैं एकै दिन सुरु हुन्छ। वैशाख शुक्ल अक्षय तृतीयादेखि ८ दिनसम्म यो जात्रा मनाइन्छ।
बाजागाजासहित महालक्ष्मी र महाभैरवको खटलाई परिक्रमा गराइन्छ। एउटा खटमा गणेश, महालक्ष्मी र कुमारको मूर्ति हुन्छ भने अर्को खटमा गणेश, महाभैरव र कुमारीको मूर्ति हुन्छ। खटजात्रामा धिमे, धाँ र न्यासी बाजा बजाइन्छ। अन्तिम दिन खटलाई बुधबार महालक्ष्मी देवीस्थान पुर्याएर जात्राको समापन गरिएको हो।
तस्बिर / भिडियो : सनम महर्जन
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...