शनिबार, साउन २३, २०८३

धरौटीमा छुटे अख्तियारका पूर्व आयुक्त पाठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटी बुझाएर रिहा भएका छन्। विशेष अदालत काठमाडौैंले पाठकसँग धरौटीवापत ७८ लाख रुपैयाँ माग गरेपछि उनी बैंक ग्यारेन्टीमा रिहा भएका हुन्। 

नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठक रिहा भएका हुन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

७८ लाख घुस लिएको अभियोगमा उनी भ्रष्टाचारको मुद्दा खेपिरहेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

मुद्दाको बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन्। भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनले ७८ लाख घूस लिएका भिडियो सार्वजनिक भएको थियो। पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने फरार छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।