शनिबार, साउन २३, २०८३

'राजा ढालेका जनताले यो सरकार ढाल्न डराउँदैनन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – मानवअधिकारकर्मी र पत्रकारले मिडिया काउन्सिल सम्बन्धी विधेयक ल्याएर स्वतन्त्र प्रेसमाथि कडाइ गर्न थालेको आरोप लगाएका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि यस्तै रबैया कायम रहे राजा ढालेका जनताले वर्तमान सरकार पनि ढालेरै छाड्ने बताए।

बुधबार काठमाडौंमा भएको नागरिक संवाद कार्यक्रममा सरोकारवालसँग छलफल नगरी विधेयक ल्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ। महासंघका उपाध्यक्ष विपुल पोखरेलले भने, ‘हामी आफ्नो अधिकारका लागि धेरै पहिलेदेखि लड्दै आएका छौं। सरकारले अधिकार खोस्नु भनेको आफ्नै आयु समाप्त पार्नु हो। राजा ढाल्न सक्ने जनताले दुई तिहाइको सरकार ढाल्न कुनै समय लाग्दैन।’

कार्यक्रममा बोल्दै मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानले जनताले बनाएको सरकारले जनतालाई नै धोका दिन थालेको आरोप लगाए। उनले सरकारविरुद्ध जनता सडकमा आए जे पनि हुनसक्ने चेतावनी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।