काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज (बुधबार) साँझ स्वदेश फर्किंदै छन्। साँझ ७ बजे ओली काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ। उनी नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री ओली काठमाडौँ आइपुग्नु १५ मिनेट अघिदेखि विमान उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ। विमान अवतरण भएको १५ मिनेट पछि विमानस्थल सुचारु हुनेछ।
प्रधानमन्त्री ओलीसहितको भ्रमण टोली साँझ ७ बजेर ५ मिनेटमा नेपाल एयरलाइन्सको एयरबस (३२०) मार्फत नेपाल आउन लागेका हो। यसअघि भिभिआइपी उडान तथा अवतरणका क्रममा ४५ मिनेट विमानस्थल बन्द गरिँदै आएको भएपनि यात्रुको चाप तथा सेवालाई मध्यनजर गर्दै ३० मिनेट मात्रै सेवा ठप्प पार्ने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४