शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घुसकाण्डमा मुछिएका अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा

घुसकाण्डमा मुछिएका अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – ७८ लाख घूस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायाण पाठक बुधबार विशेष अदालतमा उपस्थित भएका छन्।

उनलाई अदालतमा उपस्थित हुन आदेश जारी भएपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका हुन्। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा अहिले पाठकको बयान भइरहेको छ। बयानपछि बुधबारै थुनछेक बहससमेत हुनेछ। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत १२ गते दायर गरेको मुद्दाको बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटसम्बन्धी मुद्दा मिलाइदिने बहानामा उनले ७८ लाख घूस लिएका भिडियो सार्वजनिक भएको थियो। पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने भने फरार छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।