शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवादित विधेयक फिर्ता नभए कांग्रेसले संसद् चल्न नदिने

विवादित विधेयक फिर्ता नभए कांग्रेसले संसद् चल्न नदिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीन वटा विवादित विधेयक फिर्ता नलिए संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

बुधबार (आज) बसेको संसदीय दलको बैठकले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक र राष्ट्रिय मानव अधिकार आयोग विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ। विधेयक फिर्ता नभए संसद् बैठक अवरुद्ध गर्नेसम्मका कार्यक्रम ल्याइने सांसद डिला संग्रौलाले बताइन् । उनले नेपाल समयसँग भनिन्, ‘विधेयक फिर्ता नभए कांग्रेस सशक्त रूपमा प्रस्तुत हनेछ।’

बैठकमा संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाले सशक्त भएर उत्रन सांसदहरूलाई निर्देशन दिएका थिए । संग्रौलाले भनिन्, ‘सभापतिज्यूले संसदमा सशक्त भएर प्रस्तुत हुन निर्देशन दिनुभएको छ। सरकारले विधेयकहरु फिर्ता लिनु भएन भने सदन अवरुद्ध पनि गर्न सक्छ। सडकमा पनि जान सक्छ।’

कांग्रेस नेता एवं सांसद भीमसेनदास प्रधानका अनुसार बैठकमा तीनवटै विधेयकका विषयमा छलफल भएको थियो। उक्त छलफलमा विधेयक लोकतन्त्र विरोधी भएको निष्कर्ष निकालिएको उनले जानकारी दिए। उनले भने, ‘तीनवटै विवादित विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ।’ 

राष्ट्रिय मानव अधिकार आयोगको विधेयकमार्फत सरकारले आयोगको अधिकार कटौती गर्न खोजेको आरोप लाग्दै आएको छ। आयोग स्वयंले उक्त विधेयकका विषयमा आपत्ति जनाउँदैछ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आयोगको अधिकार कटौती गरेर लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजिएको आरोप लगाए।

खाँडले नेपाली सेनालाई पनि नियन्त्रण गर्न खोजिएकाले सुरक्षा परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका छन्।

यसैबीच, कांग्रेसकै सरकार भएको बेला २०४८ सालमा प्रेस काउन्सिलसम्बन्धी विधेयक आएको जिकिर गर्दै सांसद संग्रौलाले कांग्रेसले मिडियालाई दिएको स्वतन्त्रता नेकपाको सरकारले खोस्न खोजेको दाबी गरिन्। मिडियालाई नियन्त्रण गरी कम्युनिस्ट सरकारले अधिनायकवाद देखाउन खोजेको आरोप उनले लगाइन्।

मिडिया काउन्सिल विधेयक विरोध नेपाल पत्रकार महासंघसहित विभिन्न संगठनहरुले गर्दैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।