शनिबार, साउन २३, २०८३

तत्काल नकाटिने भयो इन्टरनेट सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवा प्रदायकको तार नकाट्ने भएको छ । प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच मंगलबार साँझ सहमति जुटेसँगै तत्काल तार इन्टरनेटको तार नकाटिने भएको हो ।
 
इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान नेपालका अध्यक्ष भोजराज भट्टले महसुल नतिर्ने सेवा प्रदायकको तार नकाट्न प्राधिकरण सहमत भएको जानकारी दिए । प्राधिकरणले पोल र अप्टिकल फाइबरको भाडा वृद्धि गरेपछि विरोधस्वरूप इन्टरनेट सेवा प्रदायकले महसुल बुझाएका थिएनन् । 

प्राधिकरणले गत साता महसुल नतिर्ने इन्टरनेट सेवा प्रदायकको तत्काल तार काट्ने निर्णय गरेको थियो । तर, मंगलबार साझ भएको वार्तामा सहमति जुटेसँगै तत्काल इन्टरनेटको तार नकाटिने भएको हो ।
 
इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान नेपालका अध्यक्ष भोजराज भट्टले महसुल नतिर्ने सेवा प्रदायकको तार नकाट्न प्राधिकरण सहमत भएको जानकारी दिए ।

प्राधिकरणले गत वर्ष सबैखाले अप्टिकल फाइबरको प्रतिकिलोमिटर वार्षिक १ लाख २८ हजार लिँदै आएकामा भाडा बढाएर २४ कोरको फाइबरको वार्षिक ६ हजार प्रतिकिलोमिटर, ४८ कोरको फाइबरको वार्षिक १ लाख ७२ हजार र ९६ कोरको फाइबरको प्रतिकिलोमिटर वार्षिक ३ लाख ४५ हजार बनाएको छ ।

योबाहेक सेवा प्रदायकले आफ्नो अप्टिकल फाइबरको २५ प्रतिशत कोर प्राधिकरणलाई निःशुल्क दिनुपर्ने प्रावधान राखेको छ । यो भाडा पहिलोको भन्दा तीन गुणा बढी भएको सेवा प्रदायकको दाबी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।