काठमाडौँ- साताव्यापी लामो विदेश भ्रमण सकेर प्रधानमन्त्री केपीशर्मा ओली बुधबार (आज) स्वदेश फर्किदै छन् । उनी अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फर्किन लागेका हुन् ।
गत वैशाख २६ गते भियतनामतर्फ उडेका ओली वैशाख ३० गते कम्बोडिया गएका थिए । उनले वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।
भियतनाम बसाइका क्रममा प्रधानमन्त्री ओलीले शनिबार भियतनामका प्रधानमन्त्री न्युगेन सुआन फुक्च, राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागलगायतका उच्च अधिकारीहरुसँग भेट गरेका थिए । भ्रमणकै क्रममा शनिबार नै भियनामसँग विभिन्न विषयमा १६ बुँदे सम्झौता भएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले कम्बोडिया भ्रमणका क्रममा त्यहाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनलगायतका उच्च नेताहरुसँग भेट गरेका थिए । उनलाई कम्बोडियाले उच्च सम्मान दिएको थियो ।
भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने लगायका विषयमा समझदारीसमेत भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४