शनिबार, साउन २३, २०८३

प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सकारे गल्ती ​

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

​​​​जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विगतको नीति तथा कार्यक्रम र बजेटजस्ता विषयमा गल्ती भएको स्वीकारेका छन् । साथै उनले ती गल्तीहरु सच्याउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

मंगलबार विपक्षी दलका सांसदहरुले गरेको प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राउतले बजेट, नीति तथा कार्यक्रम, जनता आवासजस्ता कुरामा प्रदेश सरकारबाट गल्ती भएको बताए । अब आउनै लागेको बजेट र नीति तथा कार्यक्रममा सबै सदस्यलाई समेटेर जाने उनले प्रतिवद्धता जनाएका छन् ।

‘विगतमा बजेट तर्जुमा, नीति तथा कार्यक्रम जस्ता कुरामा हामीबाट गल्ती भएको छ,’ राउतले भने,‘कर्मचारी अभावले पनि कतिपय त्रुटिहरु हुन पुग्यो । विगतमा भएको गल्ती म स्वीकार गर्दछु ।’ संसद प्रतिपक्षको भएका भन्दै आगामी दिनमा प्रतिपक्षी दललाई समेत विश्वास लिएर अघि बढ्ने राउतले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सरकारले विनियोजन गरेको बजेटमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै विपक्षी दलका सांसदहरुले आरोप लगाएका थिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले विनियोजन गरिएको बजेटमा भ्रष्टाचार र अनियमितता गर्ने उद्देश्यले अर्बौं रुपैयाँ रकमान्तर गरिएको आरोप लगाएका थिए । प्रदेशसभाबाट पारित भइसकेका कार्यक्रमहरु आफूखुशी रकमान्तर गर्ने प्रवृत्ति नियन्त्रण गर्न यादवले सरकारसँग माग गरेका थिए ।

विशेष समय लिएर बोलेका सत्ताधारी दल राजपा सांसद मनिष सुमनले प्रदेशसभाको अवरुद्ध बैठक सञ्चालन गर्न योजनाको नाउँमा पैसा बाँडेको भन्दै सरकारको आलोचना गरे । विनियोजित भइसकेको बजेटबाट प्रतिपक्षी दललाई खुशी पार्न योजनाको नाउँमा पैसा बाँड्नु गलत रहेको उनको भनाइ थियो ।

नेकपाकी प्रदेशसभा सदस्य मन्जु यादवले स्थानीय तहमा विनियोजन भएको बजेट निर्वाचित सांसदलाई मात्र समेट्ने गरी सहमतिप्रति आपत्ति जनाउँदै समानुपातिक सांसदलाई हेला गरिएको आरोप लगाइन् ।

राजपाका प्रदेशसभा सदस्य विन्देश्वरप्रसाद साहले प्रदेशको नामाकरण, मलेठ घटनाको प्रतिवेदन सार्वजनिक गर्न नसक्नु सरकारको असफलता रहेको टिप्पणी गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।