शनिबार, साउन २३, २०८३

मंगलसेन नगरपालिकाको गाडी अज्ञात समुहले जलायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहद्दारा आगजनी भएको छ ।

मंगलबार मध्यराति मेयर पदम बोहोराले चढ्ने बा १ झ ३३९४ नम्बरको जीपमा अज्ञात समुहले आगजनी गरेको हो । कार्यालय प्राङगणमा राखिएको गाडी आगजनीबाट जलेर पुर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले राती करिव दुई बजेतिर गाडीमा आगजनी भएको बताए । आगो लागेपछि गाडी लगातार पट्केको आवाज आएपछि प्रहरीलाई तुरुन्तै आगो नियन्त्रणमा लिन समस्या भएको शाहीले जानकारी दिए ।

गाडीमा आगजनी कसले गर्यो भन्ने बारे खुल्न सकेको छैन । करिव एक करोड २१ लाख बजेटमा फोर्ड कम्पनीको उक्त ईन्डोभर कार गत बर्ष खरिद गरिएको थियो ।

स्रोतका अनुसार नेत्र विक्रम चन्द समुहको नेकपा चन्दाको बिषयमा केही समय देखि मंगलसेन नगरपालिकासंग असन्तुष्ट बनेको र उक्त समुहले चन्दाकै बिषयमा जनप्रतिनिधिलाई कालोमोसो दल्ने योजनासमेत बुनेको बुझिएको छ । 

सुरक्षाका दृष्टिले गाडी पनि खतरामा रहेकाले सुरक्षित स्थानमा राख्न नगरपालिकालाई यस अघि नै सचेत गराईएको स्रोतले बतायो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।