शनिबार, साउन २३, २०८३

सल्यानमा भीषण आगलागी, निभाउन गएका तीनको ज्‍यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – सल्यानमा आगलागीमा परी तीन जनाको मृत्यु भएको छ। गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा लागेको आगो निभाउने क्रममा घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

प्रहरी प्रमुख विरेन्द्रबहादुर शाहीका अनुसार छत्रेश्वरी गाउँपालिका वडा नं. ६ रामकाँडाका ४७ वर्षिया खगेन्द्र बोहोरा, ५५ वर्षिया प्यान्टी बोहरा र शारदा नगरपालिका ९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुन रहेका छन्। खगेन्द्रको उपचारको क्रममा आज (मंगलबार) मृत्यु भएको हो भने पुन र बोहोराको केही दिनअघिनै मृत्यु भएको थियो।

बैशाख २८ गते इन्द्रेणी सामुदायिक वनमा लागेको आगो निभाउने त्रममा घाइते भएका बोहोरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो। छत्रेश्वरी–६ का वडाध्यक्ष चुडामणि दसौदीका अनुसार घाइते बोहोराको उपचारका त्रममा आजसाँझ ५ बजेतिर मृत्यु भएको हो। शरिर जलेर सशख्त घाइते भएका बोहोरालाई प्रारम्भीक उपचारपछि गत शनिबार उपचारका लागि काठमाडौं लगिएको थियो।

त्यस्तै सोही आगोमा परी रामकाँडाकाकै पुन्टी बोहोराको पनि गत शनिबारनै मृत्यु भएको थियो। शारदा नगरपालिका ९ का गोवर्धन पुनको भने काफलखोला सामुदायिक वनमा लागेको आगोमा परी गत मंगलबार मृत्यु भएको हो। आगो निभाउँदै गर्दा पुन तीन सय मटिर अग्लो भिरबाट लढेका थिए। प्रहरीका अनुसार अहिलेसम्म आगोमा परी १३ घर नस्ट भएका छन्। आगोले जिल्लामा ६५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।

आगो लगाउने पक्राउ

यता आगो वनमा आगो लगाउने एक जना पक्राउ परेका छन्। मंगलबार आगो लगाउँदै गरेका शारदा नगरपालिका–२ का ५९ वर्षीय तीर्थबहादुर खाड पक्राउ परेका हुन्। खाडले सोही ठाउँको आमा चौतारी वनमा आगो लगाउँदै गरेको अस्थामा प्रक्राउ परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका खाँडलाई प्रहरीले आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।