शनिबार, साउन २३, २०८३

लुम्बिनीमा सरसफाई अभियान सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – लुम्बिनी भ्रमण वर्षको पूर्वसन्ध्यामा वृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई अभियान सुरु भएको छ । प्रदेश ५ सरकार अन्तर्गतको सरसफाई तथा सौन्दर्यकरण उपसमितीले मंगलबार नवलपरासीको रामग्राममा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

उक्त सरसफाई कार्यक्रममा सांसद बैजनाथ जैसवाल, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, नवलपरासीका प्रमुख जिल्ला अधिकारीलगायत नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नागरिक समाजका प्रमुख , विभिन्न दलका प्रमुख, संघसंस्था तथा सरकारी र गैरसरकारी क्षेत्रका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।

२०७६ भरी चल्ने सरसफाई अभियान अन्तर्गत बुधबार लुम्बिनीमा, बिहीबार बेलहियामा कार्यक्रम गर्ने तय भएको उपसमिति संयोजक सागर अधिकारीले बताए। लुम्बिनी भ्रमण वर्षको बेला सफा र हराभरा वृहत्तर लुम्बिनी क्षेत्र बनाउन सबैको सहयोग र साथको अपेक्षा समेत उपसमितीले गरेको अधिकारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।