शनिबार, साउन २३, २०८३

‘समायोजन भएर आएका कर्मचारीले आतंक मच्चा‍ए’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कर्मचारीहरुप्रति असन्तुष्ट देखिएका छन्। समायोजन भएर आएका कर्मचारीप्रति आक्रोश पोख्दै मुख्यमन्त्री राउतले प्रदेश र स्थानीय तहमा उनीहरुले आतंक सृजना गरेको बताए। नियम कानुन मिचेर गरिएको समायोजन प्रक्रियाबाट आएका कर्मचारीहरुले आतंक मचाएको उनको भनाइ छ।

राउतले अहिले लुट्ने ठाउँ यातायात कार्यलय भएको टिप्पणी गरेका छन्। ‘प्रदेश सरकारले अहिलेसम्म त्यहाँ कर्मचारी खटाउन सकेको छैन्,’ उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै राउतले भने, ‘हरेक कर्मचारीको पहिलो प्राथमिकता वीरगंज, दोस्रो जनकपर, तेस्रो बर्दिवास र चौथौ लहान यातायात कार्यालय छ, त्यहाँ किन जान चाहेका छन्, हामीले पनि बुझेका छौं।’

भ्रष्टाचार हुँदापनि केही गर्न नसक्ने अवस्था रहेको राउतले बताए। ऐन कानुन नै झन्जिटिलो र लुट्ने गरी बनाइएको भन्दै राउतले सभा सम्मेलन र गोष्ठीको भरमा सुशासन कायम हुन नसक्ने दाबी गरे। भ्रष्टाचार रोक्न सबैले आफैंबाट सुरुवात गर्नुको विकल्प नरहेको समेत उनले बताए।

सेवा प्रवाहको झन्जिटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै राउतले भने, ‘विधि प्रक्रिया झन्जिटिलो छ, मानिस बरु केहि पैसा तिरेर काम गराउने गरेका छन्। भ्रष्टाचार संस्थागत हुँदै गएको छ।’ सुशासनको कारण टाउको हात राखेर रुनुपर्ने अवस्था आइसकेको राउतले बताए।

‘नियम कानुनले भ्रष्टाचार गर्न खोइ कहाँ भनेको छ, तर भ्रष्टाचार त भएको छ,’ उनले भने, ‘भ्रष्टाचार रोक्न माथिल्लो निकायबाट सुरु गर्नु पर्दछ, सबैजना छातीमा हात राखेर अगाडी बढौं, भ्रष्टाचार आफैं रुक्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।