बुधबार, असोज १४, २०८३

कोभ्याक्समार्फत नेपाल आइपुग्यो एस्ट्राजेनेका खोप

जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका  खोप नेपाल आइपुगेको छ।

जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये  सोमबार पाँच लाख ५९ हजार ३६० डोज खोप आइपुगेको हो। 

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। यस्तै १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते दुई लाख ८ हजार ७ सय डोज र गत साउनमा नौ लाख डोज खोप नेपाल आइसकेको छ।

साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको थियो।अहिले सम्म नेपालमा पहिलो मात्रा लगाएका ४९ लाख ४२ हजार दुई सय पचास रहेका छन् भने  ३८ लाख ४६ हजार सात सय ३६ जनाले पूर्ण मात्रा लागाएका छन्।

प्रकाशित: Aug 23, 2021| 12:45 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्