काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राखेर व्यानर राख्ने भएको छ। पार्टीको मंगलबार बसेको जनसंघर्ष परिचालन समिति बैठकले मठमन्दिरहरुमा व्यानर राख्नेलगायत आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियानलाई तिव्र बनाउने, काठमाडौं उपत्यका भित्रका १५ वटै निर्वाचन क्षेत्रमा जेठ १५ गते भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रालाई आन्दोलनकै रुपमा सञ्चालन गर्ने भएको छ। मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको क्रममा छुटेका पहाडी जिल्लाहरुमा जेठ १५ देखि सुरु हुने यात्रालाई आन्दोलनकै रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४