शनिबार, साउन २३, २०८३

एक चिनियाँ नागरिकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नुवाकोट - नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा मंगलबार बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

बिहान १० बजेको समयमा हाइड्रोपावरको मर्मतलगायतको काम भइरहेको थियो। त्यसै क्रममा थ्रि ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई एक्कासी माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। 

उनका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रीशुली ल्याउने क्रममा बाटामा नै मृत्यु भएको थियो। शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।