शनिबार, साउन २३, २०८३

'मिडियालाई निषेध गरेर ओली सरकार ज्ञानेन्द्र पथमा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुर- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सञ्चार जगतलाई निषेध गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकार ज्ञानेन्द्र पथमा हिँड्न खोजेको आरोप लगाएका छन् ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र अक्षुणतालाई समाप्त पार्ने लोकतन्त्रविरोधी विधेयक रहेको उनको भनाइ थियो । नेपाल प्रेस युनियन धनुषाले मंगलबार बिहान जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रेस काउन्सिल छँदाछँदै त्यसलाई विस्थापित गरेर सञ्चार मन्त्रालयको शाखाको रुपमा मेडिया काउन्सिल बनाउन खोजेको बताए ।

प्रमुख सरोकारबला रहेका पत्रकारहरुसँग सल्लाह गरी प्रेस काउन्सिललाई थप स्वायत्त बनाउनुपर्ने स्थानमा सरकारले निषेध गर्न खोज्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

‘मिडिया काउन्सिलको नाउँमा प्रेसको स्वतन्त्रतामाथि प्रहार गर्न खोजिएको छ,’ उपसभापति निधिले भने,‘पत्रकारलाई जेल र जरिवाना गर्ने प्रावधान अधिनायकवादबाहेक अरु केहि हुन सक्दैन् । लोकतन्त्रविरोधी यस्ता कार्यको हामी विरोध गर्दछौं ।’ स्वतन्त्र प्रेस उपरको प्रहारलाई नेपाली कांग्रेसले लोकतन्त्रमाथिको प्रहारको रुपमा लिएको उनले बताए ।

स्वतन्त्र प्रेसलाई बन्देज गर्ने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको लोकतन्त्रमा विश्वास राख्ने सबै दलले विरोध गर्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोेजेको छ,’ उनले भने,‘लोकतन्त्रमाथि विश्वास नगर्ने सरकारले पहिलो आक्रमण प्रेसमाथि गर्दछ, । मिडिया काउन्सिलको नाउँमा सरकारले अहिले सोही नमूना प्रस्तुत गरेको छ ।’ पूर्वराजा ज्ञानेन्द्रले नागरिकको स्वतन्त्रता अन्त्यगर्न पहिलो आक्रमण प्रेसमाथि नै गरेको उनले स्मरण गराए ।

उपसभापति निधिले कुनै बहानामा स्वतन्त्र प्रेसको अपहरण गर्न नमिल्ने भन्दै पत्रकार उपर अंकुश लगाउने गरी ल्याइएको विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् । 

मिडिया काउन्सिलविरुद्ध पत्रकारहरुको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै निधिले विधेयकविरुद्धको पत्रकारहरुको आन्दोलनमा सहयोग गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

साथै सञ्चार संस्था तथा पत्रकारमाथि कुनै बहानामा हुने आक्रमणको आफूहरु विरोधमा रहेको र यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन निधिले माग गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।