शनिबार, साउन २३, २०८३

सेनाले माग्यो डाक्टरदेखि पत्रकारसम्म 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली सेनाले विभिन्न प्राविधिक समूहतर्फ डाक्टरदेखि पत्रकारसम्मको आवेदन माग गरेको छ । जंगी अड्डाले प्राविधिक पदको खाली ठाउँमा पदपूर्ती गर्ने भन्दै विभिन्न पदमा २३ जनाको आवेदन मागेको हो ।
 
नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले लेखाको उपसेनानीका लागि ७ जना, एमबिबिएस डाक्टर १० जना, उपसेनानी पाइलट ५ जना, रिपोर्टर तथा उद्घोषक उपसेनानी १ जनाको दरखास्त माग गरेको छ। 

सबै पदका लागि पुरुषको हकमा उमेर हद १८ वर्ष पुराभइ २९ वर्ष ननाघेको र महिलाको हकमा ३० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । जागिरका लागि योग्यता पुगेका नेपाली नागरिकले नारायणहिटी दरबारबाट फारम लिइ जेठ २८ गतेसम्म बुझाइसक्नुपर्ने छ। दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।