आइतबार, साउन १७, २०८३

अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी – चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्। 

वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दुई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने चेतावनी दिएको हो। 

ट्रम्पले ट्वीटरमार्फत लेखेको एक सन्देशमा भनिएको छ, ‘चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन। यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ।’

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो। करवृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत बर्षदेखि देखिएको तनाब अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुबै पक्षले बताउँदै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।