शनिबार, साउन २३, २०८३

क्याम्पसको जग खन्दा हालसम्म १५० तोला सुन निस्कियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - अछामको श्रीकोटस्थित त्रिपूरा सुन्दरी बहुमुखी क्याम्पसको जग खन्दा आइतबारसम्म १ सय ५० तोला सुन र ६ सय ६२ तोला चाँदी फेला परेको छ। साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा ४ कोठे क्याम्पस भवन निर्माण गरिरहेको बेला सुन र चाँदीका गर गहना फेला परेको थियो। भेट्टाएको सुन चाँदीका गर गहना मजदुर बीच भागबन्डाको क्रममा विवाद हुँदा बैशाख १९ गते घटना वाहिर आएको थियो।
        
पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको बुढापाको भनाइ छ। फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालय साँफेबगर र जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ५ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ।

उक्त स्थानमा वि.स. १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। बि.स. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयको भनाई रहेको छ। पछि गएर सूर्यकोट अपभ्रंश भएर श्रीकोट भन्न थालेको जानकारहरु बताउँछन्। सुन चाँदी भेटिएको क्षेत्रमा पुरातत्व बिभागको टोलीलेसमेत अनुगमन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।