शनिबार, साउन २३, २०८३

टिप्परलाई ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - ट्रकले र टिप्परलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबासमा रोकीराखेको टिप्परलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो। टिप्पर बिग्रेर मर्मत गर्दै गरेको अवस्थामा ट्रकले पछाडिबाट ठक्कर दिएको हो।   
 
बा ५ ख ४२२२ नम्बरको टिप्परलाई ना ६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिँदा टिप्परका चालक र सहचालक दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मृत्यु हुनेमा सिन्धुली तीनपाटन नगरपालिका २ का टिप्पर चालक दिनेश मानन्धर र  सहचालक नवीन मोक्तान रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरुको घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा परि टिप्परमै सवार रमेश  मानन्धर र ट्रकका चालक नवराज राउत घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।