जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरमा आज धुमधामकासाथ जानकी नवमी पर्व मनाइँदैछ।
राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष आजको दिन जानकी नवमी मनाउने गरिन्छ। सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै यो पर्व मनाउने गरिन्छ।
जानकी नवमी मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् । उनी जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महोत्सवको विशेष समारोहमा सहभागी हुँदैछिन् । राष्ट्रपति जानकी मन्दिरमा पुजाअर्चना गरेर आजै काठमाडौं फकिर्ने उनको सचिवालयले जनाएको छ।
जानकी नवमीका लागि प्रदेश–२ सरकारले सोमबार सार्वजनिक विदा समेत दिएको छ। १५ दिने जानकी नवमी महामहोत्सवको नवौं दिनमा आज विदा दिइएको हो । वैशाख २२ गते सुरु भएको महोत्सव जेठ ४ गते सम्म चल्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४