ललितपुर- वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष पुगेको उपलक्ष्यमा सोमबार ललितपुरमा सार्वजनिक विदा दिइएको छ ।
बि.सं.१९७७ वैशाख ३० गते जन्मिएका शताब्दी पुरुष जोशी सोमबार एक सय वर्ष पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । महानगरपालिका र नगरपालिकाका कार्यालय, वडा कार्यालयका साथै सम्पूर्ण शैक्षिक संस्था र अन्य सङ्घसंस्थामा सार्वजनिक बिदाको घोषणा गरिएको सूचनामार्फत जानकारी गराइएको छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न भएकाले महानगरले सोमबार बिदा भएको तथा उनको नाममा उद्यान र सडक निर्माण गरिने निर्णय भएको जानकारी दिए । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सगका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४