मंगलबार, चैत ३, २०८२

भारतमा आइतबार छैठौँ चरणको मतदान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली - भारतमा भइरहेको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ।
 
आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो। 

यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको हो।

आजको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्रज्ञा सिंह ठाकुरलगायतका नेता पनि चुनावी मैदानमा रहेका छन्। 

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ।

पाँचौ चरणको निर्वाचनमा सात राज्यका ५१ स्थानका लागि मतदान भएको थियो । त्यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानी उम्मेदवार बन्नु भएको थियो। 

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कङ्ग्रेसले दुई स्थान मात्र जितेको थियो । कङ्ग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतमा आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ । चुनाव सम्पन्न भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।