शनिबार, साउन २३, २०८३

सेथुको जितका सावित्राको ह्याट्रिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतीय महिला फुटबल लिग अन्तर्गत आफ्नो चौथो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलिकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेकी छन् । कोल्हापुर सिटीलाई ९-० गोल अन्तरले पराजित गर्ने क्रममा सावित्राले ह्याट्रिक पुरा गरेकी हुन् । जारी लिगको सावित्राको यो दोस्रो ह्याट्रिक हो । यस ह्याट्रिकसँगै सावित्राको चार खेलमा गोल संस्या ९ पुगेको छ । 

खेलको चौंथो मिनेटमानै ग्रेसले गोल गर्दै सेथुलाई सुरुवाती अग्रता दिलाईन् । त्यसपछि खेलको १९ औं मिनेटमा ग्रसले नै पेनाल्टीमा गोल गर्दै सथुको अग्रता दोब्बर पारीन् । २३ औं मिनेटमा रतनबालाले गोल गर्दै अग्रता तेब्बर पारीन् । 

उनले सुमित्राको पासमा गोल गरेकी हुन् । २८ औं मिनेटमा रतनबालाले व्यक्तीगत दोस्रो गर्दै खेल ४-० को स्थितीमा पुर्याइन् । पहिलो हाफको इन्जुरी समयमा कोल्हापुर सिटीकी जबमनी टुडुले आत्मघाती गोल उपहार दिईन् । 

त्यस्तै दोस्रो हाफमा थप चार गोल गर्ने क्रममा दुबै गोल सावित्राले गरीन् । उनले खेलको ५६ औं मिनेटमा गोल गर्दै सेथुलाई ६-० गोल अन्तरको स्थितीमा पुर्याएकी थिइन् । त्यस्तै ६६ औ मिनेटमा सावित्राले व्यत्तिगत दोस्रो गोल गर्दै सेथलाई ७-० को अग्रता दिलाईन् । 

७६ औं मिनेटमा सावित्रले ह्याट्रिक पुरा गरिन् । ८१ औं मिनेटमा रतनबालाले ह्याट्रिक पुरा गर्दै सेथुलाई ९-० को जित दिलाईन् । यस जितसँगै सेथुको यो लगातार चौथो जित हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।