शनिबार, साउन २३, २०८३

त्रिवि सेवा आयोग कार्यालयमा तोडफोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड भएको छ। खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले सेवा आयोगको कार्यालयमा तोडफोड गरेका हुन्।

तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा ५ जना विद्यार्थीलाई प्रक्राउ गरेको जनाएको छ। 

त्रिवि सेवा आयोगले वैशाख १३ गते नतिजा सार्वजनिक गरेको थियो। सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र राजनीतिक दलका नातेदारहरूको नाम निस्किएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।