शनिबार, चैत २८, २०८२

हेड टु हेट : आत्मविश्वसी मुम्बई, चेन्नाईलाई बदला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि आज (आइतबार) मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्स भिड्दै छन् । खेल हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बने सुरु हुने छ । 

यस उपाधि भिड्न्तको खेल निकै नै रोमञ्चक हुने अनुमान गरिएको छ । चेन्नाईका कप्तानी महेन्द्र सिंह धोनीले सम्हाल्ने छन् भने मुम्बईको कप्तानी रोहित शर्माले सम्हाल्ने छन् । दुबै टोलीले मैदानमा उत्रिदा लक्ष्य सर्वाधिक आइपिएल उपाधिको हुने छ । हाल सम्म दुबै टोलीले समान ३-३ पटक आइपिएलको उपाधि जितेको छ । 

आफइनल खेलमा चेन्नाईलाई पराजति गर्दै मुम्बई उपधि जित्नेमा आत्मविश्वसी देखीएको छ । किनभने जारी सिजन यी दुई टोली बिच भएको तीन भेटमा मुम्बई चेन्नाई माथि हाबी देखीएको छ । समूह चराण्को पहिलो खेलमा मुम्बई ३ठ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ४६ रनले विजयी भयो । 

त्यस्तै क्वालिफायरका लागि भएको सिजनकै तेस्रो भेटमा चेन्नाई मुम्बईसँग ६ विकेटले पराजति भएको थियो । त्यसैले मुम्बई चेन्नईमाथि लगातार चौथो जित निकाल्दै उपाधि जित्नेमा आत्मविशवसी देखीएको छ । 

यता चेन्नाई भने समूह चारण र क्वालिफायरमा लगातार व्यहोरेको हारको बदला लिन चाहन्छ । लगातार तीन खेलमा भोगेको पराजयको बदला लिँदै चेन्नाई चौथो पटक आइपिएलको उपाधि जित्न चाहन्छ । 

हेड टु हेट

हाल सम्म यी दुबै टोलीले २७ पकट एक अर्काबीच प्रतिस्पर्धा गरेका छन् । जहाँ हालसम्मको नतिजा होर्दा मुम्बई चेन्नाई माथि हाबी छ । २७ भेटमा मुम्बईले १६ खेलका जित निकालेको छ भने मात्र ११ खेल गुमाएको छ । 

२००८ र २००९ मा भएको समूह चरणको भेटमा दुबै टोलीले एक एक खेल जितेका थिए । २०१० मा तीन पटक आमने सामने हुँदा चेन्नाईले दुई खेल जित्दा मुम्बईले एक खेल जितेको थियो । २०१२ मा भएको तीन भेटमा दुई खेल मुम्बई र एक खेल चेन्नाईले जितेको थियो । 

२०१३ मा भएको चार भेटमा तीन पटक मुम्बई र एक पटक चेन्नाई विजयी भए । २०१४ मा भएका तीन वटै भेटमा भने चेन्नाई विजयी भयो । त्यस्तै २०१५ मा भएको चार भेटमा तीन पटक मुम्बई विजयी हुँदा एक खेल चेन्नईले जित्यो । २०१८ को दुई भेटमा दुबै टोलीले समान एक एक खेल जितेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।