शुक्रबार, असोज ९, २०८३

चेल्सीको अवार्डमा हाजार्डको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-बेल्जियमका स्टार इडेन हाजार्डले चेल्सी अवार्डमा प्लेयर अफ दि इयर, प्लेयर्स प्लेयर अफ दि इयर र उत्कृष्ट गोल गरी तीन अवार्ड जितेका छन् । यससँगै हाजार्डले लगातार चौंथो वर्ष चेल्सी प्लेयर अफ दि इयरको अवार्ड जित्दै कीर्तिमान समेत बनाएका छन् । 

यस सिजनको अन्त्यमा चेलसीबाट स्पेनिस ला लिगा क्लब रियल मड्रिड जान सक्ने हल्ला चलेका हाजार्डले यस सिजन चेल्सीका लागि सबै खाले प्रतियोगितामा १९ गोल गर्दै १६ गोलका लागि पास उपलब्ध गराएका छन् । 

काराबाओ कप अन्तर्गत लिभरपुलविरुद्ध हाजार्ड गरेको गोलले सिजनको उत्कृष्ट गोलको उपाधि जितेको हो । हाजार्डले तेस्रो पटक उत्कृष्ट गोलको अवार्ड जितेका हुन् । यस्तै हाजार्डले दोस्रो पटक प्लेयर्स प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

चेल्सी अवार्डमा कलुम हड्सन ओडियोले वर्षको युवा खेलाडीको अवार्ड हात पारे  । यसै सिजन प्रिमियर लिगमा डेब्यु गरेका उनले ५ गोत र ५ गोलका लागि पास उपलब्ध गराएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।