शनिबार, चैत २८, २०८२

पिएसजीको जितमा नेयमारको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- १० खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा एङ्गर्सलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा पीएसजीले एङ्गर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

पीएसजीको जितका लागि नेयमार र एन्जल डि मारियाले एक एक गोल गरे भने एङ्गर्सका लागि फ्लेभियान टेइटले एक गोल फर्काएका थिए । खेलको २० औं मिनेटमा नयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको खेलको दोस्रो हाफमा दुबै टोलीले थप एक एक गोल गरे । 

खेलको ५८ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाको अग्रता दोब्बर पारे । खेलको ८५ औं मिनेटमा डिफेन्डर मार्किन्होसले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । 

त्यसको तीन मिनेट पछि फ्लेभियान टेइटले गोल गर्दै एङ्जर्सलाई खेलमा फर्काउने कोशिश गरेपनि थप गोल हुन नसक्दा खेल पीएसजीले २-१ ले जितेको हो । लिगको उपाधि भने पीएसजीले यसअघि नै जिती सकेको छ । 

नेयमारमाथि लागेका तीन खेलको प्रतिबन्ध यसपछिको खेलबाट सुरु हुन छ । नेयमारले अब लिग वानका बाँकी खेल गुमाउने छन । नेयमार र पीएसजीले काराबही फुकुवाका लागि निवेदन समेत दिएका छन् । कारबाहीले नेयमारले सिजनको अन्तिम दुई लिग खेल गुमाउनेछन् । यदी अपिल सफल नभएमा नेयमारले च्याम्पियन्स ट्रफीको खेल समेत गुमाउनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।