मंगलबार, माघ ६, २०८२

धादिङमा क्रिकेट संघको तदर्थ समिति गठन

बेनीघाट रोराङका दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङको तदर्थ समिति गठन भएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- बेनीघाट रोराङका दिपेश कडेलको अध्यक्षतामा क्रिकेट संघ धादिङको तदर्थ समिति गठन भएको छ।

National life

धादिङबेसीस्थित क्रिकेट रिसोर्टमा आइतबार भएको भेलाले कडेलको अध्यक्षमा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।

एक सदस्यपछि थप्ने गरि क्रिकेट संघ धादिङको तदर्थ समिति बनेको छ। जसको अध्यक्षमा दिपेश कडेल छन् त्यस्तै, उपाध्यक्षमा नारायण सिलवाल,  महासचिवमा मनिश दुवाडी, सचिवमा सन्दिप सापकोटा र कोषाध्यक्षमा ठाकुर ढकाल चयन भएका छन्। यस्तै सह-सचिवमा रामबहादुर रानामगर रहेका छन।

सदस्यहरूमा साम्भावी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिल अधिकारी, सन्तोष पाण्डे, रविन्द्र सापकोटा, दिपेन्द्र शाह, सुमन श्रेष्ठ रहेका छन्।

प्रकाशित: Aug 23, 2021| 10:01 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।