काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागीता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वदेश फर्कदै छन्। १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।
आईपीएलमा सन्दीपले टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै शुक्रबारमात्रै बाहिरिएको थियो। दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए। २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे। दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे।
दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके। त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४