शुक्रबार, असोज ९, २०८३

सिन्धु गोल्डकपको उपाधि जाउलाखेललाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिन्धुपाल्चोक- चौथो संस्करणको सिन्धु गोल्ड कपको उपाधि जाउलाखेल युथ क्लबले उचालेको छ । उपाधि सहति जाउलाखेलले ५ लाख नगद हात पारेको छ । दोस्रो हुने गोर्खा ब्वाईजले २ लाख ५० हजार प्राप्त गरेको छ । 

आज भएको खेलमा गोर्खा ब्वाईजलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको हो । जाउलाखेलका लागि डेनेल बेजेले व्यक्तिगत दुई गोल गरे । उनले खेलको १८ औँ मिनेटमा पहिलो गोल गरेका उनले खेलको ६१ औँ मिनेटमा दोस्रो गोल गरेका हुन् । 

जाउलाखेल पहिलो हाफ सकिन एक मिनेट बाँकी रहदा १० खेलाडीमा समेटिएको थियो । जाउलाखेलका अदमा रोम्बियाले गोर्खा ब्वाईजका खेलाडीलाई फल गरेपछि रेर्फी रोजेन्द्र खड्कीले पहेँलो कार्ड दिन खोज्दा रेर्फीको हात समातेपछि अक्रोसित रेर्फीले सोझै रातोकार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

गोर्खा ब्वाईजले दोस्रो हाफमा दुई सुनौलो अवसर पाएपनि सदुपयोग गर्न भने सेकन् । गोर्खा ब्वाईजका खेलाडीले गोल पोष्टमा गरेको सशक्त प्रहार जाउलाखेलका अरुन तामाङले सहजै बचाएका थिए । जाउलाखेल युथ क्लबका खेलाडी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोसित भए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।