शनिबार, चैत २८, २०८२

खुकुरीले उचाल्यो मेयर कपको उपाधी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
भैरहवा – भैरहवामा सम्पन्न दोस्रो मेयर कपको उपाधी खुकुरी क्लबले उचालेको छ। जिल्लाकै पुरानो क्लब खुकुरीले तिरुपति क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै उपाधी हात पारेको हो।

गर्त वर्ष मेयर कपको पहिलो संस्करण सम्पन्न गरेको सिद्धार्थनगर नगरपालिकाले यो वर्ष उक्त प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न गरेको हो। दोस्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी उचालेसँगै लुम्बिनी खुकुरी क्लब च्याम्पीयन भएको छ।

शनिबार भएको अन्तीम प्रतिसपर्धाको खेलमा साविक विजेता तिरुपतिलाई खुकुरीले पराजित गरेको थियो। जितसँगै खुकुरीले नगद ६० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ।

उपविजेता तिरुपतिले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्तमा चित्त बुझाउनु प¥यो। भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित खेलमा ९ विकेट क्षतिमा १ सय २५ रन बनाएको थियो। जसमा ३८ बलको सामना गरेका निश्चल चौधरीले ७ चौका र दुई छक्काको मद्दतमा ५३ रनको योगदान गरे। उनी रन आउट भए। यस्तै, इखलाख अहम्मदले २२ रन बनाए। बलिङमा तिरुपतिका संदीप सुनार र अनिल खरेलले २–२ तथा कृष्ण कार्की, रविन क्षेत्री, विष्णु कटरिया तथा विक्रम भुसालले समान १–१ विकेट लिए।

जवाफमा तिरुपतिले ९ विकेट क्षतिमा १ सय ७ रन मात्रै बनायो। जसमा सुरज दरईले २०, शौरभ खनालले र कृष्ण कार्कीले समान १८–१८ रन बनाए। बलिङमा खुकुरीका धिज शाहीले ३, इखलाख अहम्मदले २ तथा दुर्गेश गुप्ता, साहव आलम र मानबहादुर थापाले १– विकेट लिए। खुकुरीका निश्चल चौधरी म्यान अफ द फाइनल भए।

प्रतियोगिता भरी ६ विकेट र ९३ रन बनाएका मास्टर्स–११ क्रिकेट क्लबका जितेन्द्र साहनी म्यान अफ द सिरिज घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। यस्तै, १ सय १२ रन बनाएका खुकुरीकै निश्चल चौधरी बेष्ट ब्याट्सम्यान तथा ९ विकेट लिएका तिरुपतिका रुविन क्षेत्री बेष्ट बलर घोषित भए। उनीहरुले समान ५–५ हजार प्राप्त गरे। विजेता खेलाडीहरुलाई सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी र जिल्ला समन्वय समिति सभापति एकराज विश्वकर्माले पुरस्कार प्रदान गरे।

पुरस्कार वितरण समारोहमा बोल्दै विश्कर्माले खेल क्षेत्रको विकास नगरपालिकाले चालेको कदम सहारनीय भएको जनाए। उनले खेलले नै राष्ट्रलाई चिनाउने भएकाले नयाँनयाँ खेलाडी उत्पादनमा सरकारले विशेष ध्यान दिनु पर्ने बताए। नगर प्रमुख अधिकारीले सानो प्रयासले भए पनि खेलाडीहरुमा उत्साह थपियोस् खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले मेयर कम आयोजना गरिएको बताए। 

नेपाल पत्रकार महासंघका सहसचिव कमल रायमाझीले क्रिकेट क्षेत्रको विकासमा नगरपालिकाले राम्रो कदम चालेको भन्दै खुशी व्यक्त गरे। कार्यक्रम शाखा अधिकृत यादवप्रसाद सापकोटाको संचालनमा भएको थियो। प्रतियोगिता सिद्धार्थनगरको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।