शुक्रबार, जेठ १, २०८३

डुङ्गा दुर्घटनामा ६५ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ। ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर) ले जनाएको छ।

युएनएचसिआरका अनुसार दुर्घटनामा परेका १६ जनाको सकुशल उद्धार गरिएको छ। बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो। युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए।

सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ। पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।