शनिबार, साउन २३, २०८३

बार्सिलोनाले तोक्यो काउटिन्होको मुल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-ब्राजिलका तथा बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्होका लागि बार्सिलोनाले मुल्ये तोकेको छ । यसअघि बार्सिलोनाका लागि मुख्य खेलाडीका रुपमा रहेका उनलाई यस सिजनको अन्त्यमा बेच्नलाई लागी मुल्य तोकेको छ ।

गत सिजन मात्र लिभरपुलबाट कीर्तिमानी मूल्य १ सय ६० मिलियन युरोमा बार्सिलोना भित्रिएका उनी पछिल्लो समय बार्सिलोनामा उत्कृष्ट हुन सकेका छैनन् । उनको प्रदर्शनबाट निरास बनेको बनेको बार्सिलोनाले अनन्तत उनलाई बेच्न पूर्ण रुपमा तयार देखीएको छ । 

उनका लागि बार्सिलोनाले १०० मिलिनय पाउण्डको मुल्य तोकेको छ । हुनत त काउटिन्होले यस सिजन क्लबका धेरै खेलहरुमा उचित स्थान पाएका थिएनन् । केही समय उनी चोटका कारण मैदान बाहिर रहे भने केही खेल्ने मौका पाउँदा समेत राम्रो प्रदर्शन गर्न सकेनन् । 

खराब प्रदर्शनकै कारण उनले यस सिजन थोरै मात्र खेलमा पुरै समय बिताउन पाए ।  काउटिन्होले बार्सिलोनामा हाल सम्म ५२ खेल खेल्दै ११ गोल गर्न सफल भएका छन् । काउटिन्होको पूरा पास ८८ प्रतिशत छ भने हरेक खेलमा सट २ दशमलव ५२ रहेको छ । 

बार्सिलोनामा उनले हाल सम्म तीन गोलका लागि पास उपलब्ध गराएका छन् । उनले हाल सम्म बार्सिलोनाका लागि ३ हजार १ सय ५० मिनेट मैदानमा बिताएका छन् । यसरी हेर्दा बार्सिलोनाका लागि उल्लेख्य योगदान नदिएका काउटिन्हो हाल क्लब छोड्ने कुरा अन्तराष्ट्रिय मिडिमाहरुमा चर्चा चल्न थालेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।