बुधबार, वैशाख २, २०८३

आइपिएलको उपाधिका लागि मुम्बई र चेन्नाई भिड्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका लागि साविकको विजेता टोली चेन्नेई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन् । शुक्रबार राती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई पराजित गरेसँगै उपाधिका लागि चेन्नाइै र मुम्मबई भिड्ने पक्का भएको हो । 

दोस्रो क्वालिफायर खेलमा चेन्नाईले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९ ओभरमा मात्त ४ विकेट गुमाएर भेट्टायो । चेन्नाईको जितका लागि फाप डुप्लेसी र सेन वाट्सनले अर्ध सतकीय पारी खेले ।

 ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै डुप्लेसीले ५० रन जोडेका थिए भने वाट्सनले पनि ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रनको अर्धसतकीय पारी खेलेका थिए । त्यस्तै अम्बती राइडुले २० तथा सुरेस रैनाले ११ रन जोडेका थिए ।  दिल्लीका लागि ट्रेन्टअबोल्ट, इसान्त शर्मा, अक्सर पटेल र अमित शर्माले समान एक एक विकट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन जोडेको थियो । दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन उल्लेख्य रहन सकेन । पन्तले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै कोलिनले २४ बलमा ४ चौका प्रहार गर्दै २७ र न जोड्दा शिखर धवनले १८, कप्तान श्रेयश १३ तथा लेयरलेसर्फाने रुथरफोर्डले १० रन जोडे । चेन्नेईका लागि दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट लिए । त्यस्तै इमरान ताहिरले एक विकेट लिएका थिए । अब उपाधिका लागि चेन्नेई र मुम्बई ईन्डियन्सले आइताकार राती प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।