शनिबार, चैत २८, २०८२

नेयमारलाई पुन: तीन खेल प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिल तथा लिग वाज क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार स्ट्राइकर नेयमारलाई पुन: तीन खेलको प्रतिबन्ध लागेको छ । कोपा डे फ्रान्सको फाईनल खेलपछि मेडल लिने क्रममा एक दर्शकमाथी हातपात गरेको भन्दै तीन खेलको प्रतिबन्ध लगाएको हो ।

यसअघि च्याम्पियन्स लिग अन्तर्गत शिर्ष १६ को दोश्रो लेगमा अफिसिएलको निर्णय प्रती असन्तुष्टि जनाएको भन्दै युरोपेली फुटबल महासंघले च्याम्पियन्स लिगको तीन खेलमा प्रतिबन्ध लगाएको थियो । पहिलो लेगमा २-० को अग्रता लिएको पिएसजी दोस्रो लेगमा ३-१ ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । लगत्तै उनले अफिसियलको निर्णयलाई लिएर ईन्स्टाग्राममा विरोध जनाएका थिए ।

कोपा डे फ्रान्सको फाइनलमा रेनेससँग पिएसजी निर्धारित तथा थप गरिएको समयमा २-२ को बराबरी भएपछी खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । अन्तिम पेनाल्टी सुटआउटमा पिएसजी पराजित हुँदै उपविजेतामा सिमित भएको थियो । उक्त खेलमा नै रातो कार्ड खाएका युवा स्टार केलिएन एम्बाप्पेलाई पनि तीन खेलको प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय कडा खेलाडी नियमनमा उत्रीएको फ्रान्स फुटबल संघले विश्व फुटबलले नेयमारलाई प्रतिबन्ध लगाएसँगै अब घरेलु प्रतियोगिताका तीन खेल गुमाउने छन् । लामो समय चोटका कारण मैदान बाहिर रहेका नेयमार स्टार्सवर्गविरुद्वको खेल मार्फत लिगमा फर्किएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।