काठमाडौं- एसडीसी अन्तर कलेज टियु बीबीए/बीआईएम क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक शंकरदेव क्याम्पसले काठमाडौंमा एक पत्रकार कार्यक्रमकाे आयोजना गर्दै प्रतियोगिता बैसाख ३० गते देखी हुने जानकरी दिइएको हो ।
गतबर्ष युनिभर्स कलेजले आयोजना गरेको बीबीए कप क्रिकेट तथा सोही बर्ष थेम्स इन्टरनेस्नलले आयोजना गरेको बीआइएम कप क्रिकेटको विजेताको शंकदेवले साविकको विजेताको रुपमा यस बर्षको प्रतियोगिता आयोजना गर्न लागेको हो । मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता बैसाख ३० देखी जेठ १० गते सम्म चल्ने छ ।
कुल अनुमानित २१ लख खर्च लाग्ने प्रतियोगिताको बीबीएतर्फा भ्याली बाहिरका ४ र भ्यालि भित्रका १५ क्याम्पस गरी १९ क्याम्पसको सहभागीता रहने छ भने बीआईएमतर्फ पोखराको एक र भ्याली भित्रका ६ कलेज गरी ७ क्याम्पसले प्रतिस्पर्धा गर्नेछन् । बीबीएतर्फको विजेता टोलीले ७० हजार नगद प्राप्त गर्ने छ भने उपविजेताले ३५ हजार प्राप्त गर्ने छ ।
त्यस्तै बीआईएमतर्फको विजेता टोलीले ३५ हजार नगद प्राप्त गर्दा उपविजेताले १० हजार प्राप्त गर्ने छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छन् । प्रत्यक खेलको म्यान आफ दी म्याचले ट्रफी सहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जानकरी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४