शनिबार, चैत २८, २०८२

‘काउटिन्होले बार्सिलोना छोड्ने’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पछिल्लो समय च्यमम्पियन्स लिगबाट स्पेनिस ला लिगा महारथी क्लब बार्सिलोना बाहिरिएसँगै क्लबमा हलचर मच्चिएको साचार अन्तर्राष्ट्रिय सञ्चार मध्यममा प्रकाशित भएका छन् । क्लबको स्रोतका अनुसार धेरै जसोले प्रशिक्षक अर्नेस्टो भलभर्डे, ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्हो र स्ट्राइकर सुआरेजमाथी प्रश्न उठाएका छन् ।

खासगरी धेरैले काउटिन्होलाई पराजयको मुख्य कारण बनाएका छन् । ‘काउटिन्हो बार्सिलोनाका खेलाडी हैनन् । त्यो कुरा प्रस्ट छ ।’ बार्सिलोनाको स्रोतले सोनी इएसपिएनसँग भने, ‘उनले क्लबका लागि केही गर्न सकेका छैनन् । उनी यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने छन् ।’ काउटिन्हो प्रतिको निर्णयले प्रशिक्षक भलभर्डेको भाग्यको फैसला हुने समेत स्रोतले बताएको छ । स्रोतका अनुसार जारी सिजन काउटिन्होको प्रदर्शनबाट सबै सन्तुष्ट नरहेको बताइएको छ ।

उनी गत सिजन लिभरपुलबाट कीर्तिमानी मुल्य १६० मिलियन युरोमा बार्सिलोना भित्रिएका थिए । उनले च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दुबै लिगमा खराव प्रदर्शन गरेका छन् । जारी सिजन राम्रो सुरुवात गरेका काउटिन्होले चोट पछि आफुलाई खेलमा कमब्यक गर्न सकेनन् । उनी अक्टोबरमा भएको इन्जुरी पछि सुरुवाती ११ मा परेपनि प्रदर्शनमा आफुलाई परिवर्तन गर्न सकेनन् ।

‘हामी हेर्छौ की भलभर्डे यो मुस्किल स्थितीलाई कसरी समाधान गर्छन् ।’ कलब स्रोतले भने, ‘समर्थक वास्तवमा निरासा छन् र जे भएको छ त्यो निरासा जनक छ । आइतबार राती गेटाफेसँग एक लिग खेल छ । त्यो हेर्न आँतुर छौ की समर्थकको प्रतिक्रिया के हुने छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।