काठमाडौं- भारतीय महिला फुटबल लिग खेली रहेकी नेपाली राष्ट्रियअहिला फुटबल टोलिकी स्ट्राइकर सावित्रा भण्डारीले ६ गोल पूरा गरेकी छन् । लिगका सुरुवाती तीन खेल खेल्दै सावित्राले व्याक्तिगत ६ गोल पूरा गरेकी हुन् । सेथु फुटबल क्लबबाट लिग खेलि रहेकी उनले शुक्रबार बिहान भएको खेलमा पनि एक गोल गरिन । सेथुले साई एसटीसी काट्टेक फुटबल क्लबलाई ९-० गोल अन्तरले पराजित गर्दा सावित्राले एक गोल गरेकी हुन् ।
सेथुको जितमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी सावित्राले एक गोल गरिन् । रतनबालाले व्यक्तिगत चार गोल गरिन् । खेलको तेस्रो मिनेटमा रतनवालाले गोल गर्दै सेथुलाई अग्रता दिलाईन् । आठौं मिनेटमा सन्ध्याले गोल गर्दै सेथुुको अग्रतालाई दोब्बर पारिन् । २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रतनवालाले टिमलाई ३-० को स्थितीमा पुर्याइन् ।
इन्दुमतीले ३६ औं मिनेटमा सेथुका लागि चौथो गोल गरिन् । ग्रेसले ६९ औ मिनेटमा गोल गर्दै सेथुलाई ५-० को अवस्थामा पुर्याईन् । ७४ औ मिनेटमा रतनवालाले ह्याट्रिक पुरा गर्दा सेथु ६-० को स्थितिमा थियो । ८२ औ मिनेटमा नेपाली फरवार्ड सावित्राले गोल गरिन् ।
यस गोलसँगै सावित्राको गोल संख्या ६ पुगेको हो । पहिलो खेलमा ह्याट्रीक सहित ४ गोल गर्दा दोश्रो खेलमा दुई गोल गरेकी थिइन् । खेल सकिन तीन मिनेट बाँकी छदाँ सन्ध्याले व्यक्तिगत दोस्रो गोल गरिन् । ८९ औ मिनेटमा रतनवालाले व्यक्तिगत चौथो गोल गर्दै सेथुलाई ९-० को जित दिलाएकि हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४